जोडिनुहोस
  • होमपेज
  • स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ ।विकास पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा अस्पताल बनाउन कर्जा लगानी गर्नसमेत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । विकासका पूर्वाधारको उचित प्रवर्द्धनले मात्र समग्र देशको विकास सुनिश्चित हुने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो सर्कुलर गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका