जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको कराँचीमा एक धार्मिक गुरुको गोली हानी हत्या

पाकिस्तानको कराँचीमा एक धार्मिक गुरुको गोली हानी हत्या

कराँची– पाकिस्तानको कराँचीमा एक ४६ वर्षीय धार्मिक पुजारी गोली हानी हत्या गरिएको छ ।

उनको कराँची स्थित गुलिस्तान—ए—जौहर नजिकै गोली हानी हत्या गरिएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

प्रहरी अधिकारीका अनुसार मृतक शेख जिया उर रहमान कराँचीको गुलशन ब्लक ५ मा रहेको जामिया अबु बकर मदरसा (सेमिनरी) को प्रशासक थिए ।

प्रहरीले यो घटनालाई लक्षित हत्यालगायत सबै कोणबाट हेरिरहेको जनाएको छ । घटनास्थलबाट एक नाइन एमएमको पेस्तोल र ३० बोरका दुई फरक हतियारका कम्तीमा ११ गोला फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच, भर्खरै नियुक्त प्रहरी महानिरीक्षक रिफत मुख्तारले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पूर्वसँग घटनाको जानकारी दिन निर्देशन दिएको , एआरवाई न्यूजले उल्लेख गरेको छ।

यस महिनाको सुरुमा, धार्मिक नेता सलिम खत्रीलाई कराचीको बिलाल छेउछाउमा बाइकमा सवार चार व्यक्तिले गोली हानी हत्या गरेका थिए। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका