जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनको असरलाई कम गर्न आवाज उठायौँः सभामुख घिमिरे

जलवायु परिवर्तनको असरलाई कम गर्न आवाज उठायौँः सभामुख घिमिरे

काठमाडौं।सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखा परेका समस्याका बारेमा कुरा उठाएको बताएका छन्। अन्तर व्यवस्थापिका सङ्घको १४८ औँ सभामा सहभागी भई स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताए । उनले १४८ औँ अन्तर व्यवस्थापिका सङ्घको सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्नेरु यसको के महत्त्व छरु भन्ने विषयमा आधारित भएर छलफल भएको जानकारी दिए ।

उनले सभामा १४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेको बताउँदै नेपालका तर्फबाट जलवायु परिवर्तन लगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका खेल्नुपर्ने बारेमा कुरा उठाएको दाबी गरे ।

नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखा परेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्ने लगायतका विषयमा छलफल भएको बताए। सांसदलाई आइपीओमार्फत कसरी प्रभावकारी पार्नेरु क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरेको उल्लेख गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका