जोडिनुहोस
  • होमपेज
  • आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

काठमाडौ। सेयर बजार बिहीबार बन्द हुने भएको छ ।

आज बिहीबार (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ ।

बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका