जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।

च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले बेल्जियन क्लब एन्टवेर्पलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पोर्चुगीच युवा खेलाडी जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । फेलिक्सले यस खेलमा २ गोल गर्नुका साथै एक गोल असिस्ट समेत गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि अन्य गोल रोबेर्ट लेवानडोस्की र गाभीले गरेका थिए । भने एक गोल एन्टवेर्पका जेल्ले बाटाइलेले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि समुह एचमा रहेको बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । साथै यसै समुहमा रहेको पोर्टोले शख्तर डोनेटास्कलाई ३-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब बार्सिलोनाले च्याम्पियन्स लिगमा अर्को खेल अक्टोबर ५ मा पोर्टोविरुद्ध खेल्ने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका