जोडिनुहोस
  • होमपेज
  • करिव एक क्विन्टल अवैध रुपमा राखिएका चाँदीका गरगहना बरामद

करिव एक क्विन्टल अवैध रुपमा राखिएका चाँदीका गरगहना बरामद

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–११ पिचराबाट एक क्विन्टल चाँदीका गहना सहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहनासहित संचालक भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । प्रहरीले उक्त चाँदी बिहीबार दिउँसो मात्र बरामद गरेको थियो । बरामद भएको चाँदीको गरगहनाको तौल लिदाँ ९९.९४६ किलोग्राम थियो विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।

उनका अनुसार सुनका गहना १५३.८ ग्राम रहेको र काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने उनको भनाइ छ । भारतको पश्चिम बंगालको मजलिसपुर घर भएकाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका उनले चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ति, टीकादानी, प्लेट, माला, बाला, हातको पञ्जा, कम्मरपेटी, सिक्का, रिङ, लकेटलगायतका सामग्री भण्डारण गरेर विक्रीवितरण गर्दै आएका थिए । यस्तै सुनको मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेस समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको ज्वेलर्समा भएका सबै सामान बरामद गरेको छ ।

ज्वेलर्समा छापा हान्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथ जानालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले निकालेको निष्कर्ष अनुसार भारतीय नागरिक विश्वनाथ जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै ज्वेलर्समा राखेर विराटनगर, इनरुवा, धरान, इटहरी, विराटचोक, उर्लाबारीलगायत स्थानका पसललाई सप्लाई गर्ने गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका