जोडिनुहोस
  • होमपेज
  • एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

काठमाडौँ । घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो ।

ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो । खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ । बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ । एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ ।

बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई प्रत्येक छ महिनामा उत्पादन, निकासी, पैठारी र मौज्दातको विवरण इजाजत लिएका फर्मले पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका