जोडिनुहोस
  • होमपेज
  • नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ परराष्ट्रमन्त्री साउद

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका  सिटीबिटी कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका