जोडिनुहोस
  • होमपेज
  • पदभार ग्रहण गर्दै अर्थसचिव पुष्करले भने लडेर भिडेर काम गर्छु

पदभार ग्रहण गर्दै अर्थसचिव पुष्करले भने लडेर भिडेर काम गर्छु

८ महिनापछि कृष्णहरि पुष्कर अर्थ मन्त्रालयमा अर्थसचिव पदमा फर्किएका छन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले सरुवा गरेका उनी बेलायत भ्रमण सकेर बिहीवार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थिए । मन्त्रालयमा अर्थमन्त्री प्रकाशकरण महत, राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रलयका सहसचिवहरुले पुष्करको स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै पुष्करले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्र हुनसक्क्ने जति प्रयास गर्ने बताए ।

पुष्कर अर्थसचिवमा सरुवा हुनुअघिसम्म अर्जुनप्रसाद पोखरेल अर्थसचिव थिए । २० वैशाख २०८० मा पोखरेल अर्थसचिव हुनुअघि तोयाम रायाले करिब चार महिना यो जिम्मेवारी सम्हालेका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याउँदा अर्थसचिव रहेका मधु मरासिनी अनधिकृत व्यक्तिको प्रवेशबाट बजेटमा करको दर हेरफेर गराएको विवादमा मुछिएपछि सरुवा भएका थिए । त्यसपछि २६ साउन २०७९ मा अर्थसचिव बनेका पुष्करलाई २१ पुस २०७९ मा रायाले विस्थापित गरेका थिए । फेरि अर्थसचिव पदभार ग्रहणपछि पुष्करले कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका