जोडिनुहोस
  • होमपेज
  • यस्तो छ बेइजिङमा भएको नेपाल–चीनबीच १२ बुँदे सम्झौताको सूची

यस्तो छ बेइजिङमा भएको नेपाल–चीनबीच १२ बुँदे सम्झौताको सूची

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङ्बीच सोमबार विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदानप्रदान भएको हो ।
प्रकोपसम्बन्धी सामग्री तथा मानव स्रोत आदनप्रदानसम्बन्धी दुईवटा समझदारीपत्र आदानप्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ सम्बन्धित अधिकारीबीच पत्र आदानप्रदान भएको हो ।

सन् २०१७ मा तयार भएको नेपालको उत्तरी क्षेत्रका लागि उत्पादन तथा लिभिङ मेटेरियलको प्रमाणपत्र पनि हस्तान्तरण भएको छ ।चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको हो ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटलाइकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्वन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुई देशका कृषि मन्त्रालयबीच कृषि तथा पशुपंछी विकाससम्बन्धी सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदानप्रदान भएको हो । सन् १९८१ मा दुई देशबीच भएको नेपाल चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्यसमूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालबाट चिनियाँ औषधिका लागि औषधिजन्य वनस्पतिका सामग्रीहरू चीन निकासी गर्न वनस्पतिको औषधीय तत्वको आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन कार्यालय र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच क्लासिक प्रकाशन तथा अनुवादसम्बन्धी समझदारीपत्र भएको छ । हिल्सा सिमिकोट सडक परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका