जोडिनुहोस
  • होमपेज
  • राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रु ग्यास प्रहार

राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो अश्रु ग्यास प्रहार

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा हानेको छ ।

सिंहदबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । भीड रोक्न प्रहरीलाई हम्मे हम्मे भएपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ ।

प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका