जोडिनुहोस
  • होमपेज
  • मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् ।

मंगलबार समाजिक सञ्जालमार्फत उनले गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने छुटेका चिकित्सकको खबरले दुःखी बनायो । गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’

आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएका थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताका कारण भीआईपीका लागि सीट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन् ।

चिकित्सकलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका