जोडिनुहोस
  • होमपेज
  • आज बिहीबार, यस्तो छ तपाईंको राशिफल

आज बिहीबार, यस्तो छ तपाईंको राशिफल

आज २०७९ साल चैत्र ९ गते बिहीबार । पञ्चाङ्ग ब्रह्म बालव रेवती । आज विश्व मौसम विज्ञान दिवस । तपाईंको राशिफल यस्तो छ ।

मेष

दन राम्रो छ । साथीबाट सहयोग मिल्नेछ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत् रहेका छन् ।

वृष

दिन सामान्य राम्रो छ । बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ ।

मिथुन

दिन सामान्य राम्रो छ । आर्थिक, सामाजिक, क्षेत्रमा यथावत् रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना छ ।

कर्कट

आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ । राजनीतिमा राम्रो पकड रहला ।

सिंह

मानसिक रुपमा उमंग रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या

सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकूल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ । मन खिन्न हुनेछ ।

तुला

आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ ।

वृश्चिक

बोलीका कारण शत्रू बढ्नेछ । शान्त रहेर बस्नु फाइदाजनक छ । धार्मिक क्षेत्रमा मन बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ ।

धनु

प्रशंसा बढ्नेछ । अरु क्षेत्रमा यथावत रहे पनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ । सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत् रहेको छ । लगानी भने नगर्नु उचित देखिन्छ । धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ

शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ । तपाईंले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहे पनि स्वास्थ्यमा धेरै सुधार हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मीन

शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका