जोडिनुहोस
  • होमपेज
  • इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।

रूसी सरकारले गत हप्ता घरेलु बजारलाई ‘स्थिर’ बनाउन पेट्रोल र डिजेल इन्धनको निर्यातमा अस्थायी रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पुटिनले भने, “हामी प्रस्तावित उपायहरूले काम गर्ने तथ्यमा भरोसा गर्नेछौं र मूल्य घटाउनका लागि तेल कम्पनीहरूसँग अझ नजिकबाट काम गर्न सरकारलाई आह्वान गर्दछौं ।

पुटिनले आफ्नो मन्त्रीपरिषद्का सदस्यहरूसँग भने, “हामीले उनीहरूलाई सावधानीपूर्वक व्यवहार गर्नुपर्छ, तर पनि म तपाईंहरूलाई भइरहेका घटनाहरूप्रति तत्काल प्रतिक्रिया जनाउन आग्रह गर्दछु ।”

गत साता उच्च स्तरमा पुगेकोे रूसी पेट्रोलको बजार मूल्य निर्यात प्रतिबन्धका बावजुद मङ्गलबार फेरि वृद्धि भएको छ । कमजोर रूबल, विश्वव्यापी तेलको मूल्यमा वृद्धि र तेल प्रशोधन कम्पनीहरूमा मर्मत कार्यले आपूर्तिमा आएको न्यूनता मूल्य वृद्धिको कारण भएको विश्लेषकहरूले औंल्याएका छन् ।

केही क्षेत्रका किसानले कृषि यन्त्रका लागि आवश्यक पर्ने इन्धनको अभावका कारण अन्न बाली काट्न नपाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसको केन्द्रीय बैंकले सन् २०२३ को उत्तराद्र्धमा आर्थिक वृद्धि दर सुस्त हुने चेतावनी दिएपछि इन्धनको मूल्य वृद्धि भएको हो ।

रूसी अधिकारीहरूले लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद युक्रेनमा मस्कोको सुस्त आक्रमणबाट परेको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका