जोडिनुहोस
  • होमपेज
  • समूह विजेता बन्न नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य

समूह विजेता बन्न नेपालले मलेसियालाई दियो १८४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनायो ।

नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए । सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए ।

त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन् । आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नरेन भट्टले ४३ बलमा २९ रन बनाए ।

९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो ।

नवौ विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २/२ तथा मोहम्मद फतुलले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल मलेसियामाथि जितका साथ समूह विजेता बन्दै सेमिफाइनल खेल्न चाहन्छ ।

मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ । यस खेलले समूह विजेता तथा उप विजेताको निर्धारण गर्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका