जोडिनुहोस
  • होमपेज
  • महिलालाई व्यावसायिक च्याउखेती तालिम

महिलालाई व्यावसायिक च्याउखेती तालिम

गोरखा– गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ ।

गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिए ।

युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमको आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उनको भनाइ छ । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ ।

तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड्वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरूको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पुर्‍याउने उद्देश्यसहित तालिम सञ्चालन गरेको हो ।

तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका