जोडिनुहोस
  • होमपेज
  • पहिरो जोखिमका सर्वसाधरणलाई सेनाद्वारा उद्धार

पहिरो जोखिमका सर्वसाधरणलाई सेनाद्वारा उद्धार

तनहुँ।अविरल वर्षासँगै जमिन भासिएर सेती नदीमा खस्न लागेको तीन वटा घरका सर्वसाधरणलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारामा रहेका घरहरू जमिन भासिएर नदीमा खस्ने जोखिमका कारण स्थानीयको उद्धार गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पहिरोको जोखिममा रहेका स्थानीयलाई बिहीबार साँझ उद्धार गरिएको सेनाले जनाएको छ । सेनाले स्थानीय निकायहरूसँग मिलेर उद्धार गरेको हो । उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा राखिएको छ ।

सेनाले पहिरोको जोखिममा रहेका घरहरूबाट स्थानीयको लत्ता कपडा, खाद्यान्‍न तथा भाडालगायत सामान पनि सुरक्षित स्थानमा सारिदिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका