जोडिनुहोस
  • होमपेज
  • भ्यालेन्टाइन डे – झण्डै साढे तीन करोड रुपैयाँको गुलाबको कारोबार, ९० प्रतिशत भारतबाट आयात

भ्यालेन्टाइन डे – झण्डै साढे तीन करोड रुपैयाँको गुलाबको कारोबार, ९० प्रतिशत भारतबाट आयात

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस हिसाबले भ्यालेन्टाइन डेको बेलामा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ ।

एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात गर्नुपरेको बताउनुभयो । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उहाँको भनाइ छ । उपाध्यक्ष पन्तका अनुसार कुल मागको ६० प्रतिशत काठमाण्डौ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने गरेको छ ।

नेपालमा वैशाखदेखि गुलाबको फूल उत्पादन हुने र स्थानीय उत्पादनले नै बजारको माग धान्ने उहाँको भनाइ छ । तर विशेष गरी प्रणय दिवस एक हप्ताअघिदेखि नै नेपालमा पनि मनाउने चलन रहेको हुँदा प्रेमको प्रतीक मानिने रातो गुलाबको फूलको माग र कारोबार बढ्ने भएकाले यो समयमा भारतबाटै आयात गर्नुपर्ने एसोसिएसनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका