जोडिनुहोस
  • होमपेज
  • मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति

मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति

सिन्धुपाल्चोक। लगातारको बर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पु-याएको छ । बाढीले केही दिन अघि मात्र मेलम्ची नगरपालिका ११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पु¥याएको हो ।

पुलमा क्षति पु-याएपछि मेलम्ची नगरपालिकाका ७ र ८ हेलम्बु गाउँपालिकाको २ र ३ तथा पाँचपोखरीका १ र २ वडाका नागरिक प्रभावित भएका छन् ।

त्यस्तै बाढीले हेलम्बुमा चनौटे– इचोक सडक बगाउँदा यातायात अवरुद्ध भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । वर्षा रोकिएपछि मर्मत थालिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका