जोडिनुहोस
  • होमपेज
  • बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु

  • Sagarmatha TV
  • बुधबार, चैत्र १४, २०८०
बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा बेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ ।

पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबिचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए।

क्षतिग्रस्त २।६ किलोमिटर लामो इन्टरस्टेट-६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो । स्रोतका अनुसार दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए ।

पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका