जोडिनुहोस
  • होमपेज
  • चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द

चिसोका कारण दिल्लीमा ५ कक्षासम्मका विद्यार्थीको पठनपाठन बन्द

चिसो मौसमका कारण भारतको राजधानी नयाँ दिल्लीमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् । दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भनिन्, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चिसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र एनसीटीका सबै सरकारी सहायता प्राप्त, गैर–सहायता प्राप्त र सरकारी मान्यता प्राप्त निजी विद्यालयहरूमा जाडो बिदा जनवरी १० सम्म लम्ब्याएको छ ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो । दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसमको अवस्था अत्यधिक चिसो बनेको छ ।

भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चिसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियसको हाराहारीमा रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागहरूमा १३–१६ डिग्री सेल्सियसको नजिक रहने छ ।

यी क्षेत्रहरूमा चिसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड गरिएको छ । राजस्थान, पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्ली, उत्तर प्रदेश, उत्तरपश्चिम मध्य प्रदेश, बिहार र झारखण्डको न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका