जोडिनुहोस
  • होमपेज
  • प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, वसन्त पहिलो नम्बरमा

प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, वसन्त पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो । पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।

दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।

तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक-एक स्थान उक्लिएका हुन् ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहेपनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका