जोडिनुहोस
  • होमपेज
  • ८ हजारमाथिका १४ हिमाल चढेर विश्व रेकर्ड बनाएका शेर्पाको निधन

८ हजारमाथिका १४ हिमाल चढेर विश्व रेकर्ड बनाएका शेर्पाको निधन

काठमाडौं । छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ ।

तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन ।

निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल आरोहणा गरेर सो रेकर्ड तोडेका थिए । तर, चीनको शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिवार देखी बेपत्ता थिए ।

शीशापाग्मा शिखर आरोहणको क्रममा आरोही जिना मारी रुजुसिडलोसँगै हिमपहिरोमा परेर हराएका उनीहरु मृत अवस्थामा फेला परेको एभरेष्ट टुडेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका