जोडिनुहोस
  • होमपेज
  • शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड ८९ लाख रुपैयाँको कारोबार

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड ८९ लाख रुपैयाँको कारोबार

शेयर बजार आज सोमवार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ ।

आज ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका