जोडिनुहोस
  • होमपेज
  • पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?

काठमाडौं । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ ।

चीनको एक्जिम बैंकले सस्तो ब्याजदरमा ऋण दिन तयार भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सन् २०१४ मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्झौता गरेको थियो ।

चीनको बिआरआई परियोजना सन् २०१७ मा सुरु भए पनि पुरानो परियोजनालाई चीनले बिआरआईसँग जोड्न लागेको भन्दै आलोचना भएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गर्नुपूर्व नै पोखरा विमानस्थल निर्माण अघि बढेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए ।

नेपालले बिआरआईमा हस्ताक्षर नगर्दै चीनको एक्जिम बैंकको सफ्ट लोनमा विमानस्थल निर्माण थालिएको थियो, गौतमले भने, ऋण लिएर विमानस्थल निर्माण अघि बढेपछि मात्र बिआरआई परियोजनामा सम्झौता भएको हो । चिनियाँ अधिकारीले बिआरआई परियोजनासँग जोडेकोमा उनले आश्चर्य व्यक्त गरे ।

पोखरा विमानस्थलसँग बिआरआईको कुनै साइनो छैन,ु उनले भने, बिआरआईसँग जोड्दा अन्य मुलुकले यसप्रति हेर्ने दृष्टिकोण फरक हुन सक्छ। यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका