जोडिनुहोस
  • होमपेज
  • एमालेको संकल्प यात्राको कार्ययोजना पारित, ओलीले झुलाघाटमा उद्घाटन गर्ने

एमालेको संकल्प यात्राको कार्ययोजना पारित, ओलीले झुलाघाटमा उद्घाटन गर्ने

नेकपा एमालेले १४ मंसिरमा मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार यो यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्नेछन् । समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरुसहित हुनेछ ।

३ हप्तासम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् । नेपालमा पहाडी क्षेत्रको भूगोल सबैभन्दा धेरै रहेको, उल्लेख्य बसोबास रहेको, जैविक विविधता र जलस्रोतको भण्डार रहेकाले यस क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गरिएको प्रचार विभाग प्रमुख गौतमले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका