जोडिनुहोस
  • होमपेज
  • जब क्रिकेट मैदानमा पुगे मोदी र अल्बानीज

जब क्रिकेट मैदानमा पुगे मोदी र अल्बानीज

अहमदाबाद । भारत र अस्ट्रेलियाबीच अहमदाबादमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो तथा अन्तिम टेस्टको सुरुवात रोचक बनेको छ । खेलमा दुवै देशका प्रधानमन्त्रीको उपस्थिति थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा प्रधानमन्त्री नरेन्द्र मोदी दुवै सँगै मैदानमा पुगेका हुन् । दुवैले मैदानमा आ–आफ्नो देशका खेलाडीसँग भेट गरेका थिए । मोदीले रोहित शर्मालाई टोपी लगाइदिएका थिए भने अल्बानीजले स्टिभ स्मिथलाई । यस क्रममा मोदीले आफ्ना कप्तानसँग कुरा गरिरहेका अल्बानीजलाई ताने र फोटो खिच्न आग्रह गरे । त्यसपछि नरेन्द्र मोदी स्टेडियममा दुई कप्तान र दुई प्रधानमन्त्रीको फोटो क्लिक गरियो।

त्यसपछि मोदी र अल्बानीज दुवै टोलीको राष्ट्रिय गानका लागि उभिएका थिए । कप्तान रोहित शर्माले सबै खेलाडीहरुको परिचय गराए । प्रधानमन्त्रीले भारतीय टोलीका सबै खेलाडीसँग हात मिलाए । त्यसपछि राष्ट्रिय गानमा पनि टोलीसँगै उभिए । उनी पछि प्रधानमन्त्री अल्बानीजसँग स्ट्यान्डमा फर्किए।

प्रधानमन्त्री मोदी बिहान ८ः३० बजे स्टेडियम पुगेका थिए । पहिलो आधा घण्टा खेल हेरेपछि उनी राजभवनतर्फ प्रस्थान गरेका थिए ।

FqvtkjlaEAAuEon

unnamed-3_1678334934

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका