जोडिनुहोस
  • होमपेज
  • अहिले व्यवस्थामाथि नभई प्रक्रिया र शैलीमाथि प्रश्न उठेको हो  उपप्रधानमन्त्री खड्का

अहिले व्यवस्थामाथि नभई प्रक्रिया र शैलीमाथि प्रश्न उठेको हो  उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे ।

उनले भने, ‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ ।’

समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका