जोडिनुहोस
  • होमपेज
  • हेल्थ टिप्सः अण्डा सँग नखानुहोस् यि खानेकुरा

स्वास्थ्य/जीवनशैली

हेल्थ टिप्सः अण्डा सँग नखानुहोस् यि खानेकुरा

  • Sagarmatha TV
  • आइतवार, चैत्र १८, २०८०
हेल्थ टिप्सः अण्डा सँग नखानुहोस् यि खानेकुरा

काठमाडौँ– अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अण्डा यस्तो चिज हो जसलाई बिहानको खाजादेखि दिउँसो र बेलुकाको खानासम्म जुनसुकै समयमा पनि खान सकिन्छ । धेरैले अण्डालाई बिहान बिहान बच्चा र बुढाबुढिलाई खुवाउँदा तागत आउने गर्छ भनेर पनि खुवाउने गर्छन् ।

अण्डामा भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्त्वले भरपुर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। अण्डामा प्रोटिन, फाइबर प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता राम्रो रहन्छ र शरीर दिनभर ऊर्जावान् रहन्छ ।

तर अण्डा खाएपछि तुरुन्तै केही चिज खानु हुँदैन भन्ने कुरा कमैलाई थाहा छ । किनभने यसो गर्दा स्वास्थ्यमा धेरै समस्या आउन सक्छ।

अण्डा र कागतीः अण्डा खाइसकेपछि तुरुन्तै कागती भएको वस्तुबाट टाढा रहनुपर्छ । यसो गर्नाले मुटु सम्बन्धी रोग लाग्न सक्छ । यो धेरै खतरनाक हुन सक्छ।

अण्डा र चिजः अण्डामा प्रोटिन हुन्छ र यदि तपाईँले उमालेको अण्डासँग चिज खानुभयो भने यो खतरनाक साबित हुन सक्छ। पेट सम्बन्धी समस्या आउन सक्छ। त्यसैले अण्डा खाएपछि चिज खानु हुँदैन ।

अण्डा र दूधः अण्डा खाइसकेपछि केरा कहिल्यै नखानुहोस् किनभने यो पेटका लागि खतरनाक साबित हुन्छ । कब्जियत, एसिडिटी र आन्द्राको समस्या पनि हुन सक्छ। अण्डा खाइसकेपछि दूध पिउनु हुँदैन किनभने यसले बान्ता हुन सक्छ।

अण्डा खाइसकेपछि फलफूल वा दुग्धजन्य पदार्थ नखानुहोस्, यसले अपच, ग्यास र एसिडिटीको समस्या निम्त्याउन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका