जोडिनुहोस
  • होमपेज
  • बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

अर्थ मन्त्रालयले बजेट बनाउन सबैसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरु गरिरहेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ । त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका