जोडिनुहोस
  • होमपेज
  • शेयर बजार ६ अङ्कले घट्यो, २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

शेयर बजार ६ अङ्कले घट्यो, २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज रिभर फल्स पावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त र माईखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ७२ लाख ९० हजार कित्ता शेयर दुई अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको ४७ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका