जोडिनुहोस
  • होमपेज
  • पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा तस्बिरहरु

पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा तस्बिरहरु

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन् । शालिक अनावरण गर्न जाँदा पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै एक किलोमिटर पैदल यात्रा गरेका थिए ।

पूर्वराजाका समर्थकहरुले मोटरसाइकल र्‍याली निकालेका थिए । पूर्वराजाको पैदल यात्रामा सहभागीहरुले राजा र राजतन्त्रको समर्थनमा नाराबाजी गरेका थिए । पैदल यात्रामा पूर्वराजालाई साथ दिन हजारौँको सङ्ख्यामा सर्वसाधारण, राप्रपाका कार्यकर्ता, शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका