जोडिनुहोस
  • होमपेज
  • सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा

सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा

काठमाडौं।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० का चिकित्सक सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सुरक्षा माग गरेका छन् ।

इन्टर्न चिकित्सकमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिनन पनि अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा सहभागि चिकित्सक कमलराज शाहले सहमतिको मसी नसेलाउँदै यस्तो घटना दोहोरिनु कानुनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे ।

उनले भने,‘यो घटनामा संलग्न दोषीलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ । अस्ति भर्खर सहमति भएको ऐन जुन छ यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ ।’

अर्का चिकित्सक अंकित आचार्यले कसैले पनि कानुन आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले भने,‘यो घटना दर्ता गर्न मानिरहेको थिएन्,हामी हिजो राति ११ बजेसम्म यहाँ बसेपछि गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गर्नुभयो । यस्तो हुनुभएन । कानुन कसैले पनि आफ्नो हातमा लिन मिल्दैन ।’

चिकित्सक खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका