जोडिनुहोस
  • होमपेज
  • लोक सेवामा नाम निस्किएर नियुक्ति लिन नआएपछि सडक विभागले निकाल्यो यस्तो सूचना

लोक सेवामा नाम निस्किएर नियुक्ति लिन नआएपछि सडक विभागले निकाल्यो यस्तो सूचना

काठमाडौँ – लोकसेवा आयोग पास गरेर पनि नियुक्ति लिन नआएपछि तत्काल नियुक्ति सडक विभागले आग्रह गरेको छ ।

आइतवार एक सुचना जारी गर्दै सडक विभागले लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन आग्रह गरेको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ। उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ’ ।

विभिन्न पदमा नाम निकालेका ९ जनाले नियुक्ति लिन नआएपछि विभागले उक्त सूचना जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका