जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा खराब सुरुवात : पहिलो दिनमै झन्डै ७ अंकले घट्यो

नेप्सेमा खराब सुरुवात : पहिलो दिनमै झन्डै ७ अंकले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक झन्डै ७ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ६.९० अंकले घट्दै १९ सय २६.४० अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अंकले घट्दै नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा रोकिएको थियो ।

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.५२ अंकले घट्दै ३६३.२६ अंकमा झरेको छ । झन्डै ७ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत घटेर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा झरेको छ ।

आज होटेल तथा पर्यटक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ बाहेक बाँकी ८ वटा उपसूचक ऋणात्मक (माइनस) भएका छन् । यद्यपि, आज मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता सानिमा ग्रोथ फण्डको सेयर मूल्य भने आज ८.५६ प्रतिशतले घट्न पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका