जोडिनुहोस
  • होमपेज
  • जी–२०ः वित्तीय व्यवस्थापन समूहको बैठकमा प्रमुख आर्थिक मुद्दाका विषयमा छलफल

जी–२०ः वित्तीय व्यवस्थापन समूहको बैठकमा प्रमुख आर्थिक मुद्दाका विषयमा छलफल

नयाँ दिल्ली— भारतको अध्यक्षतामा भएको जी–२० अन्र्तगत चौथो वित्तीय व्यवस्थापन समूहको बैठकमा विश्वमा देखिएको प्रमुख आर्थिक विषयमा छलफल गरिएको छ ।

बैठकमा सप्लाई चेनलाई लचिलो बनाउन र यसको बृहत् आर्थिक प्रभावमा केन्द्रित गरिएको थियो ।

प्रतिनिधिहरूले विश्वव्यापी अर्थतन्त्रमा आपूर्ति श्रृंखला लचिलोपन सुनिश्चित गर्ने चुनौतीहरू र अवसरहरूको वरिपरि व्यापक छलफल गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिहरूले बाह्य असंतुलन र सम्बद्ध जोखिमहरू सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको भूमिकाबारे छलफल गरेका छन्।

यस वर्ष जी–२० को भारतको अध्यक्षतासँगै, बाह्य क्षेत्रमा असन्तुलनबाट उत्पन्न हुने आर्थिक कमजोरीहरूलाई कम गर्न राष्ट्रहरू बीचको सहकार्यलाई बढावा दिने कुरामा उच्च ध्यान केन्द्रित गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका