जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन अब जेठमा हुने

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन अब जेठमा हुने

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो । यस्तै पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।

राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका