जोडिनुहोस
  • होमपेज
  • शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको थियो । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन । तर प्रहरीले १२ घण्टामै मनकुमारीलाई नियन्त्रणमा लियो । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी थिइन् । बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि शिशु चोर्ने योजना बनाएको बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका