जोडिनुहोस
  • होमपेज
  • मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ अर्थमन्त्री

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दावी गरेका हुन् । आर्थिक वर्ष २०८० ८१ को बजेट मार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश कार्यान्वयनका क्रममा रहेको उनले बताएका छन् ।

सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सीमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्च तर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिएका छन् । त्यस्तै यस अवधिमा भन्सार महसुल तर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करिब ७ दशमदव १९ प्रतिशत, आयकर तर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७ दशमदव ५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए । मौद्रिक नीति मार्फत नीतिगत दर ६ दशमदव ५ प्रतिशतबाट घटाएर ५ दशमदव ५ प्रतिशत, बैंक दरलाई ७ दशमदव ५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४ दशमदव ५ प्रतिशतबाट ३ दशमदव ० प्रतिशत कायम गरिएको उनले बताएका छन् ।

त्यस्तै उनले विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशतले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिएका छन् । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको बताए ।

अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा शुरु गरिएको भन्दै उनले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न शुरु गरिएको जिकिर गरे । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउँदै लगिएको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका