जोडिनुहोस
  • होमपेज
  • साउन २३ देखि रिलायबल लाइफको आईपीओ

साउन २३ देखि रिलायबल लाइफको आईपीओ

काठमाडौँ । यही साउन २३ गतेदेखि रिलायबल लाइफले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले उक्त मितिदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्री खुलाउने भएको हो ।

लाइफले १०० रुपैयाँ अंकित सेयरमा १५७ रुपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुलाउने छ । जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीको योजना छ ।

यसअनुसार १ करोड २० लाख कित्ता सेयर बिक्री गरिनेछ । यसको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री गरिनेछ । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ६ प्रतिशत सेयर छुट्ट्याइएको छ ।

बाँकी रहने ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्टाइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका