जोडिनुहोस
  • होमपेज
  • शेयर बजार साढे ६ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार

शेयर बजार साढे ६ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बिहीवार पनि बढेको छ । हिजो बुधवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नौ सय ९४ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका