जोडिनुहोस
  • होमपेज
  • विश्व कप लिग–२ खेल्न नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

विश्व कप लिग–२ खेल्न नेदरल्यान्ड्स र नामिबिया नेपाल आउँदै

नेपालले आउँदो फागुन ५ गतेदेखि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ । आईसीसी विश्व कप लिग–२ को सन् २०२४ २७ को शृङ्खला खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डौ आउने भएका हुन् । नेपाल क्रिकेट सङ्घ क्यानले लिग–२ को आउँदो सिजन नेपालबाट शुरु हुने र त्यसमा खेल्न नेदरल्यान्ड्स र नामिबिया काठमाण्डौ आउन लागेका जनाएको छ ।

नेदरल्यान्ड्स पहिलो पटक नेपाल आएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । गएको महिना भारतमा सकिएको विश्व कपमा नेदरल्यान्ड्सले बङ्ग्लादेश र दक्षिण अफ्रिकालाई हराएको थियो । तर समग्रमा नेदरल्यान्ड्स एकदिवसीय वरीयतामा निकै तल रहँदै लिग २ खेल्न लागेको हो । विश्व कप लिग–२ मा नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, अमेरिका, नामिबिया र क्यानडाले खेल्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका