जोडिनुहोस
  • होमपेज
  • ५ दिनदेखि अस्तव्यस्त न्याथम, किन आन्दोलिन बने विद्यार्थी ?

५ दिनदेखि अस्तव्यस्त न्याथम, किन आन्दोलिन बने विद्यार्थी ?

काठमाडौं – होटल व्यवस्थापन तथा पर्यटन विषय पढाउँदै आएको नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजम्याण्ट (न्याथम) ५ दिनदेखि अस्तव्यस्त बनेको छ ।

पाँच दिन अघि कलेज प्रशासनले एकलौटी ढंग र मनोमानीपूर्ण बि.एच.एम तथा बि.टी.टी.एमका कोअडिनेटरलाई बर्खास्त गरेको बिषयमा कलेज प्रशासन र आक्रोशित विद्यार्थीहरु बिचको बहसले कलेजको पढाई रोकिएको छ भने विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

विद्यार्थीले आफुहरुसंग सिधा सरोकार हुने बिषयमा छलफल नगरेर कलेज प्रशासनले मनोमानी गरेको आरोप लगाएका छन् । असन्तुष्ट विद्यार्थीहरुले कलेज प्रशासनले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । तर आफ्ना माग अघि सार्दा कलेजका ईडीले केहि विद्यार्थीहरुलाई व्यक्तिगत धम्की दिएको र कतिपयलाई प्रलोभनमा पार्न खोजेको आन्दोलित विद्यार्थीहरुको आरोप छ । ८ महिना अघि ईडीका रुपमा नारदकुमार लुईंटेल नियुक्त भएका थिए । उनको नियुक्ति प्रकरण समेत विवादित बनेको थियो । त्यसयता कलेज अस्तव्यस्त बनेको विद्यार्थीहरुको आरोप छ ।

न्याथमका आन्दोलित विद्यार्थीलाई कर्मचारीहरुले पनि साथ दिएका छन् । कर्मचारी र विद्यार्थीको समुहले पर्यटन मन्त्रालयमा कार्यकारी निर्देशकको बर्खास्ती माग गर्दै हस्ताक्षर अभियान चलाएका छन् । उनीहरुले बर्खास्तीको माग गर्दै हस्ताक्षर पर्यटन मन्त्रालयमा बुझाएका छन् । तर मन्त्रालयले यो बिषय केवल ईडी र बि.एच.एम प्रोगाम कोअडिनेटरको निजी दुष्मनी भभएको भन्दै यसबाट पन्छिन खोजेको आन्दोलित विद्यार्थीहरुको आरोप छ । मन्त्रालयबाट समेत आफुहरुको माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आफ्ना माग पुरा हुनुपर्ने अडान सहित शुक्रबार पनि आन्दोलन जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका