जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमानः कस्तो रहने छ आजको मौसम ?

मौसम पूर्वानुमानः कस्तो रहने छ आजको मौसम ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागमा मौसम सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले देशभरको तापक्रम घट्ने क्रममा रहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४८ मिनेट र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका