जोडिनुहोस
  • होमपेज
  • स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल चन्द्रागिरि बस्ने २५ वर्षीय अजय राज शाही र सोही ठाउँ बस्ने गोरखा घर भएकी ३५ बर्षीय छिमी सुनिन रहेकी छिन् ।

शाहीसमेत दुई जनाले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाइदिन्छु त्यसको लागि ७ लाख रुपैयाँ लाग्छ र स्लोवेनिया पुगेपछि फ्याक्ट्रीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ भन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारी २ लाख ८० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई मंगलबार चन्द्रागिरि नैकापबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका