जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपतिका यी दुई उम्मेदवार : जसले आफैँलाई भोट हाल्न पाउने छैनन्

उपराष्ट्रपतिका यी दुई उम्मेदवार : जसले आफैँलाई भोट हाल्न पाउने छैनन्

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिको प्रतिस्पर्धामा रहेका एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झाले भने भोट हाल्न पाउने छैनन् ।

राष्ट्रपति-उपराष्ट्रपति चुनावमा संघीय संसदका दुई सदन प्रतिनिधिसभा र राष्ट्रियसभा साथै प्रदेशसभा सदस्यमात्र मतदाता हुन्छन् । शाक्य र झा दुवैजना सांसद नभएकाले उनीहरू मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ ।

१० दलीय गठबन्धनमा उपराष्ट्रपतिमा सर्वसम्मत हुन सकेको छैन । गठबन्धनमा रहेका लोसपा, जनमत र नाउपाले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका