जोडिनुहोस
  • होमपेज
  • गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने

गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने

नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने भएको छ । पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सिट संख्याका बारेमा पार्टीमा असन्तुष्टि कायम गरेको र त्यसले आगामी दिनमा केही न केही असर देखाउने बताए । त्यस्तै, बैठकले उम्मेदवारका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिइएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका