जोडिनुहोस
  • होमपेज
  • अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका मेक्सिको आप्रवासन बारे छलफल

अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अमेरिका मेक्सिको आप्रवासन बारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच हिजो शुक्रवार अमेरिका मेक्सिको आप्रवासन बारे छलफल भएको छ । छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो सङ्ख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,’ अमेरिकी राष्ट्रपति बाइडेनले भन्नु भएको छ ।

बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गर्नु भएको छ । लोपेज ओब्राडोर अमेरिकी नेतालाई बेवास्ता गर्न डराएको देखिँदैन ।

अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाउनु भएन । त्यहाँ आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। उहाँले शुरुमा यो वर्षको एपेक सम्मेलनमा सहभागी नहुने बताए पनि अन्त्यमा भने, मन परिवर्तन गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका