जोडिनुहोस
  • होमपेज
  • जनताको अवस्था सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौँ उपमहासचिव पुन

जनताको अवस्था सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौँ  उपमहासचिव पुन

नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उनको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरङ्कुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताए। उनले आफूहरूले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक ध्येय भएको बताए। उनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने स्पष्ट पारे ।

नेता पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरूको पार्टी भएको दाबी गरे। उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता तथा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका