जोडिनुहोस
  • होमपेज
  • पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज ९मंगलबार० देशका पहाडी भू–भागमा मौसम प्रतिकूल देखिएको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका